९५० ग्राम अफिमको साथ दुई जना पक्राउ ।


तिरहुत साप्ताहिक 

 बाराको सिम्रौनगढ ,पचरौता नजिक रहेको भारतको जितना प्रहरी र एस एस बी ले ९५० ग्राम अफिमको साथ दुई जनालाई पक्राउ गरेको छ ।

सिमावर्तित भारतको   बडहरवा 71 वी वटालियन एस एस बी र  जितना प्रहरीले गुप्त सुचनाको अधारमा नेपालबाट भारत तर्फ आई रहेको दुई जनालाई  बिजबनी छठ घाट बाट ९५०  ग्राम अफिमको साथ पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा भारतको सिमावर्तित गाउ  जितना थाना क्षेत्रको भोटु टोला  निवासी ५५ वर्षिये बीरेन्द्र प्रसाद कुशवाहा र ३५ वर्षिये सिकेन्द्र राय रहेका छन ।

 अपाची बी. आर. ओ. 58 एफ 2756 नम्बरको  मोटरसाइकलले  नेपालको बैरियाबाट छिर्दै भारत तर्फको घोडासहन लगीरहेको थियो । जप्त गरियेको अफिमको अनुमानित मूल्य भारतिये रुपैया एक लाख जनाईयेको छ । तथा उक्त अफिमलाई जितना थानालाई बुझाईयेको एस एस बी  प्रहरीले बतायेका छ । 

Post a Comment

Previous Post Next Post