रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ -६ स्थित साना किसान कृषि सहकारी संस्था लि. द्वाराआज कृषकहरुलाई स्प्रे टंकी मसिन बितरण गरियेको छ ।
कृषि ज्ञान केन्द्र कलैयाको प्रमुख राजनरायण साह को प्रमुख आतिथ्यमा एव साना किसान कृषि सहकारी संस्था लि. को ब्यवस्थापक दीलीप कुमार कर्ण को अध्यक्षतामा भएको यश संस्थामा आबध विभिन्न अन्तर समुहका सदस्यहरुलाई ११६ थान स्प्रे टंकी मसिन र १६ थान २ हर्ज पावरको सिचाई बिधुतिये मोटर बितरण गरियेको यश सस्थाका ब्यवस्थापक दीलीप कुमार कर्णले बताउनु भयो । यसका साथै कृषकहरुलाई बिषाधी र शुष्मतत्ववहरु पनि बितरण गरीयो ।
सो अवसरमा सिम्रौनगढ न पा -६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल ,साना किसान कृषि संस्था लि. सन्चालन समितिका अध्यक्ष ललिता देबी दास सन्चारकर्मी रामेश्वर मेहता लगायेत स्थानिय भद्र भादमीको उपस्थिति रहेको थियो ।
