रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड्ले आफ्नो सरकारमा रहेका एक घटक नेकपा एमाले का सम्पुर्ण मन्त्रीहरुले दियेको राजिनामा बुझदै एउटा गीत सुनायेर राजिनामा बुझेका छन ।
सो गीत थियो फतेमान राज भण्डारीले लेखेका गीत "
यस्तो पनि हुदो रहेछ जिन्दगीमा कहिले कहिले ।
कसलाई मया गरु एउटा भुल गरे मैले ।।
यति गीत सुनाउदै मेरो प्रतिक्रिया यही गीत हो मात्र भन्दै राजिनामा बुझेका थिये । तस्तै एमालेका मन्त्रीहरुले पनि केही कुरा न भन्नी मात्र राजिनामा बुझाई निस्केका थिये ।
यसै शिलशिलामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा जानकारी गराउन बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा ओलीले यस्तो बताएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ’, ओलीले लेखेको पत्रमा भनिएको छ ।
बुधबार नै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा समेत बुझाइसकेका छन् । एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न पनि आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।
