रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ -६ टोल अमरपुरमा बिधुतिये क्रेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वार्ड न. -६ को वार्ड अध्यक्ष अति मिलनसार ,विकास प्रेमी नन्दकिशोर प्रसाद जयसवाल को कान्छो छोरा १९ वर्षिये दिपक कुमार जयसवाल रहेका छ्न ।
मङ्गल्वार बेलुकी सात बजे सिचाई गर्ने बिधुयिये मोटरबाट क्रेन्ट लागेका थिये र नजिको क्लिनिक सम्म ल्याउदा वाहालाई मृत घोषित गरियो ।
प्रहरीले शवलाई नियन्त्रणमा लि पोस्टमार्टमको लागि कलैया लगियेको प्रहरी ले जनायेको छ ।
उनको मृत्युले सम्पुर्ण सिम्रौनगढ नगरपालिका शोकमय भएको छ ।
त्यस्तै उनको अंतिम दाह संस्कार हिजो उनकै गाउँ अमरपुर बाही नजिक भएको छ । सो बेला प्रतिनिधि सभा सदस्य अच्युत मैनाली , सिम्रौनगढ नगर प्रमुख किशोरी प्रसाद कलवार , उप प्रमुखको श्रीमान समाजसेवी शेख मोतिन , प्रमुख प्रसाशकिये अधिकृत हरीओम प्रसाद जयसवाल , ईप्रका सिम्रौनगढ प्र नी नवीन राई , गरुडा नगरपालिका को नगर प्रमुख कन्ठ्मुणी जयसवाल ,वार्ड अध्यक्षहरु , गाउँ गाउँ बाट आयेका ब्यक्तिहरु स्थानिय वासी लगायेत लगभग पाच सय जनाको उपस्थिति रहेको थियो ।
