रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ कन्काली माई मन्दिर परिसर र छठ घाट नजिक आज एउटा समारोह बिच बृक्षा रोपन भएको छ ।
कंकाली मंदिर ब्यवस्थापन समिति सिम्रौनगढको आयोजना भएको यो बृक्षा रोपन कार्यक्रम कन्काली मन्दिर र छठ घाट परिसरमा ४० वटा आपको रुख लगाईयो ।
कन्काली मन्दिर ब्यवस्थापन समिती अध्यक्ष राजेश प्रजापतीले पहिलो आपको रुख रोपेर कार्यक्रम को शुभारम्भ गर्नु भयो ।
त्यस्तै सिम्रौनगढमा विभिन्न बिकासको योजना बलाई सिम्रौनगढ नगरपालिकाको मेयर किशोरी प्रसाद कलवारलाई पाच बुन्दे माग राखी ज्ञापनपत्र वार्ड न-६ को वार्ड् अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल मार्फत बुझाऐइयो । जसमा कन्काली मन्दिर परीसरमा विवाह भवन निर्मान , चपाकल ,सौचालय निर्माण र कन्काली पोखरीमा जल विहार गर्न स्टीमर लगायेतको माग रहेको जनाऐइयेको छ।
यस अवसरमा पुर्ब वार्ड अध्यक्ष शंकर साह कानु ,समाजसेवी रामजन्म कुशवाहा ,मदन साह ,प्रमानन्द जयसवाल , शिक्षक अरबिन्द महतो , नुराजम सिद्धकी , डा. रामबाबु कुशवाहा , जङ्गबहादुर महतो,सरजुग महतो लगायेत का उपस्थिति रहेका थिये ।
