रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ बजार -६ स्थानिय रामजन्म प्रसाद कुशवाहाको घरमा सोमवार बिहान ७:३० बजे आक्रमण गरि तोडफोड भएको छ।
सोमवार बिहान एक्कासी सिम्रौनगढ बजारबाट उतर तर्फ रहेको नजिको गाउँ सानो ईटवाल बाट एक सय जनाको समुहमा आयेको ब्यक्तिहरुले स्थानिये रामजन्मप्रसाद कुशवाहाको घरमा आई लुटपाट गर्दै तोडफोड गरेको छ ।उनिहरु ट्रेकटर को हेड लाईट तोडेको, दुई मोटरसाइकलमा टोडफोड , कुर्सी ,बक्सा र भाडाहरुमा तोडफोड गर्दै मेरो श्रीमतीले लगायेकी सुनको गहना जतिया र तिलहरी समेत लगेको रामजन्म कुशवाहाले बताउनु भएको छ ।
यस्तै आईतवार बेलुकी सिम्रौनगढ -५ सानो ईटवाल निवासी राजकिशोर पटेल बजार आउदा पिसाब महसुस हुदा पिसाब गर्न खोज्दा मन्दिर क्षेत्रमा किन पिसाब गरेको भन्दै रामजन्मप्रसाद कुशवाहाको छोरा रामप्रवेश कुशवाहा र राजकिशोर बिच बिवाद बढेका थिये । यसै बिवाद कै क्रममा रामजन्म प्र. कुशवाहा का छोरा र उनका साथिहरुले राजकिशोर पटेल लाई कुटपिट गरि घाईते बनायेका थिये र यो भन्दा पहिले पनि रामप्रेवेश र उनका साथीहरुले ईटवाल गाउकै दुई जना युवकलाई कुटपिट गरि सकेका ले यो पटक पटक को कुटाई सहन न सकी यसै घटनाको बदला स्वरुप यो घटना भएको आफ्नो नाम न खोल्ने सर्तमा सिम्रौनगढ -५ सानो ईटवालका एक जना ब्यक्तिले बतायेका छन ।हाल चारै तिर श्स्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरियेको छ ।
