तिरहुत साप्ताहिक
सिमावर्तित भारतको महुआवा थाना र एस एस बी प्रहरी टोलीले नेपालको आमवा कोरैया गाउको नाका बाट भारत तिर गयेको भारी मात्रामा अवैध लागू पदार्थ गाजा दुई बटा तस्कर सहित नियन्त्रणमा लियेको छ ।
नियन्त्रणमा पर्नेहरुमामा भारतको केसरिया थाना क्षेत्र को सागर चुडामन निवासी ३३ वर्षिये प्रमोद महतो र २३ वर्ढिये बिकेश महतो रहेका छन ।
गुप्त सुचनाको अधारमा भारतको सिमावर्तित महुआवा प्रहरी र एस एस बी 71 वटालियनको सन्युक्त टोलीले गाउँ गाउँ को नाकाहरुमा गुप्त रुपले प्रहरी तैनात गरि नेपाल बाट आउदै गरेको गाजा बोर्डर पिलर संख्या 380/2 कोरैया गाउ नजिकबाट लाल प्लास्टिकको मा बेरियेको पाच काटुन मा रहेको 78 किलो गाजा नियन्त्रणमा लियेको एस एस बी प्रहरी ले जनायेका छन ।
१५ दिन पनि न बितिदै बाराको विभिन्न नाकाहरु बाट तीन चोटि भारीमात्रामा गांजा समातियेको छ ।ब
