रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ -५ टोल ठूलो ईटवाल चौक बाट ७ गते शुक्रवार हरायेको ६ वर्षिये बालक आज बाराको पचरौता नगरपालिका -९ टोल बाजो पट्टी एउटा घरबाट फेला परेको छ ।
सो हरायेको बालक आज ९ बजे पचरौता -९ टोल बाजोपटी निवासी मुनि साहको घरबाट फेला परेको छ ।
यश सम्बन्धमा सो बालक को हजुर बुवा तेज नरायण साह ले बालकहरायेको को बारेमा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा सम्पर्क गरि जानकारी गरायेका थिये ।
सो अनुसार आज ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्र स नी टिकाराम महतोको कमाण्डमा खटी गयेको प्रहरी टोलीले हरायेको बालक मुनि साहको घरबाट फेला परेको ई प्र का सिम्रौनगढको प्र नी नवीन राईले जानकारी गराउनु भयो । साथै फेला परेको बालकलाई निजको बुवा प्रभु साहलाई जिम्मा लगाईयो यश सम्बन्धमा अन्सन्धान भैइरहेको राईले बताउनु भयो ।
