रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ नगरपालिकाको नवौ नगर सभा एव आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट बक्तब्य नगरपालिकाको सभाकक्षमा सप्पन्न भएको छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा भएको यश नगर सभा बाट आर्थिक वर्ष २०८१/०८२ को अनुमानित बजेट ६४ करोड ७२ लाख ३६ हजार रहेको उप प्रमुख नजमु शेहरले बजेट प्रस्तुत गर्नु भयो ।
जस अनुसार बितिये समानिकरण अनुदान १३ करोड ६५ लाख ,राजस्व बाडफाड ११ करोड २७ लाख , संघिये सरकारबाट प्राप्तहुने शशर्त / सम्पुरक विशेष अनुदान तर्फ २६ करोड ३० लाख ३६ हजार , आन्तरिक श्रोत ८ करोड ,सडक बोर्ड ५० लाख , राष्ट्रिय योजना आयोग ५ करोड अनुमान गरियेको छ ।
यश बजेटको उद्धेयमा आर्थिक गतिबिधी एव बिकासकका कार्यलाई तिब्रता दिने ,नगरपालिकाको लोक कलयाणकारी भुमिकालाई सुदृढ बनाउने समाजिक सुरक्षा एव संरक्षण प्रदान गर्ने ।, सार्ब्जनिक श्रोत साधनलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्दै उत्थानशिल नगरपालिका घोषणा गर्ने लगायेतका रहेका छ न ।
प्रमुख प्रशास्किये अधिकृत जयनारायण प्रसाद यादवले स्वागत गर्नु भएको यो नगर सभालाई स्वास्थ्यकर्मी मनु यादवेन्द्र ले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा वार्ड न १देखि ११ सम्मका वार्ड अध्यक्षहरु दिनदयाल मुखिया ,अरबिन्द मुखिया,एजुलाह अन्सारी,अवधेश सहनी,शिवमङ्गल कुशवाहा,नन्दकिशोर मुखिया , विवेक मेहता ,रामदिनेश प्रसाद यादव,रामेकवाल प्रसाद यादव, राजकुमार यादव, सुरेन्द्र प्रसाद जयसवाल कार्यपालिका सदस्य र वार्ड सदस्य हरु लगायेत लेखा अधिकृत गोविन्द कोईराला , पुर्ब प्रसास्किये अधिकृत बीरेन्द्रसाह , समाजसेवी षेख मोतिन ,ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई शश्त्र प्रहरी गोलागन्ज को प्र नि माधव प्रसाद ढुङेल ,नगर प्रहरी प्रमुख रबिन्द्र यादव , जिन्सी शखाका सुरेश यादव पशु सखाका शेख अन्सारुल लगायेत सन्चारकर्मी ,जनप्रतिनिधि र कर्म्चारीहरुको उपस्थिति रहेको थियो ।
