रामेश्वर मेहता / तिरहुत साप्ताहिक
कृषि वस्तु माथी लगाईयेको करको बिरोधमा आज बाराको सिम्रौनगढमा जुलुस प्रदर्शन भएको छ ।
सिम्रौनगढ बस पार्क बाट निस्केका जुलुस कृषि मन्त्री मुर्दावाद ,कृषि वस्तु माथी लगाईयेको भैटकर फिर्ता गर ,
किसान माथी अत्याचार गर्न पाईदैन ,कृषि प्रधान देश्को मुल्यमन्यता कायम गर लगायेताका नारा लगाउदै सिम्रौनगढ बजार परिक्र्मा गरेका थिये ।
स्थानिये कृषक दिनेश कुश्वाहा को नेतृत्वमा निस्केका सो जुलुस पुरै सिम्रौनगढ बजार परिक्रमा गरेका थिये । जुलुसमा स्थानिये कृषकहरु नारा लगाउदै अन्तमा सिम्रौनगढ बस पार्कमा कोणसभा गरेका थिये सो कोण सभामा किसान अगुवा दिनेश कुशवाहा, राजकिशोर सिह , वीर बहादुर लगायेतले मनतब्य ब्यक्त गरेका थिये । उक्त जुलुसमा स्थानिये किसानहुको व्यापक सहभागिता रहेको थियो ।
