रामेश्वर मेहता ।
बाराको सिम्रौनगढ नगरपालिका का कृषकहरुले जडान गरेको कृषि मिटरको को बिलको भुग्तानी रकम नगरपालिकाले ब्योहोर्ने भएको छ ।
यश सम्बन्ध मा नगर प्रमुख किशोरी प्रसाद कलवार ले कृषकहरुको कृषि मिटर बिल फ्री गर्न घोषणा गत्नु भएको थियो
जस अनुसार आज कार्यपालिका बोर्ड का सदस्यहरुकोको उपस्थितिमा कृषकहरुको कृषि मिटरको पहिलेको भुगतानी बिल २० लाख बराबरको चेक र कृषि मिटर कागजातहरु नगर प्रमुख कलवारले नेपाल बिधुत प्राधिकरण सिम्रौनगढ प्रमुख तैयब अन्सारीलाई हस्तान्तरण गर्नु भयो । साथै २०८० श्रवाण देखि ०८१ असाढ सम्मको कृषि मिटर बिल रिडिङ्ग गर्न बिधुत प्राधिकरण सिम्रौनगढलाई अह्वान गर्नु भयो ।
सो अवसरमा उप मेयर नजमु शेहर , प्रमुख प्रसाशकिये अधिकृत जयनरायण प्रसाद यादव , कार्यपालिका सदस्यहरु आशिर्वाद ठाकुर , रामएकवाल प्रसाद यादव ,बिवेक मेहता , रामदिनेश प्रसाद यादव , सुरेन्द्र प्रसाद जयसवाल ,जवाहर साह कानु , मीना देबी ,अवधेश सहनी , दिनदयाल प्रसाद मुखिया अरबिन्द मुखिया ,नन्दकिशोर प्रसाद जयसवाल ,एजुलश अन्सारी ,राजकुमार यादव ,शिवमङ्गल कुशवाहा लगायेत का उपस्थ्ती रहेका थिये ।
