रामेश्वर मेहता / तिरहुत साप्ताहिक
मधेश प्रदेशको सरकार बाट नेकपा एमाले र माओवादी (केन्द्र ) निस्कन तैयारी गरेकोले अब मुख्यमन्त्री सतोज कुमार यादवको सरकार शंकटमा परेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएपछि उनीनिकट मुख्यमन्त्री सरोजकुमार यादवलाई अल्पमतमा पार्न एमाले र माओवादीले सरकार छाड्ने तयारी गरेका हुन् ।
यी दुई दल प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । एमाले र माओवादीबीच बिहीबार जनकपुरमा नयाँ सरकार गठनबारे वार्तासमेत भएको बताइएको छ ।
यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन छ । मधेश प्रदेश सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
एमालेका २५, माओवादीका ९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ सांसद छन् । जसपा नेपालका १९ सांसद भए पनि विभाजनका कारण नवगठित जसपामा कति सांसद जान्छन् भन्ने टुंगो छैन । विपक्षमा रहेका कांग्रेसका २२, जनमतका ९ सांसद छन् ।
.jpeg)