रामेश्वर मेहता /
प्रसिद्ध एतिहासिक ,पर्यटकिये एव धार्मिक स्थल बाराको सिमरौनगढ -६ सानो ईटवालमा बिष्णु भगवानको मुर्ति फेला परेको छ ।
बुधवार अपरान्ह ४ बजे स्थानिय मणि महतो नुनियाको पोखरी सर सफाई गर्ने क्रममा सो मुर्ती फेला परेको स्थानिये सुरेश महतोनुनिया ले बताउनु भएको छ ।यो मुर्ति को बिषयमा दर्शकहरुको दुई मत रहेको देखिन्छ । कसैले यसलाई भगवान बिष्णु को प्रतिमा भन्दछ्न त कसैले यो प्रतिमा भगवान सुर्यको रहेको भनेका छ्न ।उक्त मुर्ती चार फिट लम्बा र २.५ फिट चौडा रहेको छ । मुर्ती पाउने बितिकै स्थानिये वासिको भिड लागेका थिये । मुर्तिलाइ सफा गरि हाल स्थानिये हनुमान मन्दिरमा राखियेको छ ।
सिम्रौनगढ क्षेत्रमा सधै एतिहासिक , पुरातात्विक र धार्मिक प्रतिमाहरु कही न कही निश्चित रुपले तीन चार पहिना पछी पाउदै रहन्छ । यो भन्दा पहिले हरिहर पुर , कचोर्वा , खजानी , झवानी , ननसगरा ढाट , अमृतगन्ज , नैकाटोला लगायेतको गाउमा यस्तो धरोहर हरु पाई सकेको छ । यति मात्र होईन यो धरतीबाट सुन , चांदी , ,ताम्र बर्तन, ताम्र लेख, शिला लेख , तोपमा हाल्ने गोला , कौडा , माटोको खिलौना , भाडो , काशिदाकारी पत्थर , ब्लैक डायमण्ड शिला , सधारण शिला डढेका चामल लगायेत ललित कला वास्तु कला को विशेष नमुनाहरी सधै पाई रहन्छ ।
यस्तो एतिहासिक ,पुरातात्विक र धार्मिक धरोहरको धनी रहेको सिम्रौनगढ क्षेत्र आज विकासमा पछाडी परेको स्थानियवासिहरुको धारणा रहेको छ
