रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ -९ टोल बसवरियामा आज स्थनिये जगरनाथ महरा चमारको घरमा आगो लग्दा समान सहित पुरौ घर सहित समान समेत नस्ट भएको छ।
आज १२:३० बजे खना बनाउने चुल्होमा आगोको सानो तिनका ले सल्गियेर आगो लागेको बुझियेको छ ।
आगो जगदा घरमा रहेको धान ,गेहु ,चामल दलहन ,तेलहन खद्धान लगायेत कपडा ,लता , दमकल, मोटर ,तार साईकल, चौकी र नगद समेत २० लगभग लाख रुपैया बराबरको क्षती भएको छ । तथा घर वाला को बुहारी बबिता महरा र छोरी पनि घाईते भएकि छिन । घाईते को उपचार सिम्रौनगढ नगर अस्पतालमा भइरहेको छ । आगोलाई नियन्त्रणमा लिन सिम्रौनगढ नगर वारुण यन्त्र , स्थानिये वासी , शस्त्र प्रहरी , जनपद प्रहरी ले नियन्त्रणमा लिन सफल भयो ।
महिला ,पुरुष र बालबालिका सहित २० जनाको परिवार रहेको यो आगलगीले बेघर भएको छ।
आगलगीको खबर पाउन साथ सिम्रौनगढ नगरपालिका को उप मेयर , नजमु शेहर स्थानिये वार्ड न. ९ वार्ड अध्यक्ष रामएकवाल प्र्साद यादव , वार्ड न. ४ को वार्ड अध्यक्ष अवधेश सहनी, समाज सेवी शेख मोतिन ले घटन स्थल पुगी आग लगीको दृश्य देखि पिडित परिवारला धौर्य घारण गर्न भन्दै पिडित जगरनाथ महरा चमार लाई हाल राहत स्वरुप त्रीपाल, ओछयान , जाजिम ,चादर , चामल , आलु , तेल , ,दाल , बिस्कुट , चाउ चाउ ,मछर दानी ,भाडो सेट लगायेतका समानहरु दिनु भयो ।
फुसको छना र बासको टाट भएको सो घर यश साल पक्की बनाउन लक्ष्य राखी बिदेशवाट कमायेर ल्यायेको रुपैया समेत जलेर नस्ट भएको पिडित महराले बताउनु भयो ।
त्यस्तै उसको घर सगै टासियेर रहेको मोहन साह तेलीको घरमा समेत क्षती भएको छ ।
