तिरहुत साप्ताहिक ।
बाराको पचरौता -४ टोल ईनर्वा बाट ठूलो परिणाममा लागू औषध गांजाा सिम्रौनगढ प्रहरीले एक जना ब्यक्ती सहित नियन्त्रणमा लियेको छ ।
नियन्त्रणमा पर्नेहरुमा रौतहटको फ्तुवा बिजयपुर ४ टोल टेङ्ग्राहा निवासी किशोरी हजराको २३ वर्षिये छोरा चन्दन पासवान रहेको छ ।
यश सम्बन्धमा ईलाका प्रहरी कार्यलय सिमौनगढ का प्रहरी ले गुप्त सुचनाको अधारमा पचरौता -४ टोल ईनर्वामा गंजाको कारोवार भैइरहेको थाह पाई प्रहरी निरिक्ष नवीन राईको कमाण्डमा प्रहरी त्याहा पुग्दा एकजना ब्यक्ती ४ बटा जुटको बोरा ली हिडडुल गरिरहेको देखि उ शीत सोध्दा उ भागन प्रयास गरेका थिये तर हवाई फायर गरि उसलाई नियन्त्रणमा लियेको जनाईएको छ । नियन्त्रणमा लिये पछी सोध पुछ गर्दा सो ही स्थानको बाटोको कलभर्ट मुनि गांजा रहेको बताये । सो स्थाननमा देख्दा प्लास्टिक मा बेरियेको गाजाको १५ पोका भएको २३० के .जी .लागू औष्ध गाजा फेला पर्यो । उक्त गाजालाई कार्यालयमा ल्याई अन्सन्धान अगाडि बढायको प्र नि नवीन राईले जानकारी गराउनु भयो
