सिम्रौनगढमा निषाद जागरण महाअभियाको लागि पत्रकार सम्मेलन


रामेश्वर मेहता /

 बाराको सिम्रौनगढ -२ रानिवास फुलवारी मैदानमा निषाद जागरण अभियान यात्राको भेलाले पत्रकार  सम्मेल्लन मार्फत आफ्नो उधेस्य  र कार्यक्रम बारे जानकारी गरायेको छ ।


अभियान यात्राको सिम्रौनगढ अध्यक्ष  रामाऔतार मुखियाको अध्यक्षतामा भएको  यश यश भेलाका अगुवाहरुले निषाद जातीको सम्स्या र भावी नीति बारे पत्रकारहरु सामु  अवगत गरायेका थिये ।

कार्यक्रमका प्रमुख अतिथी अभियानका राष्ट्रिय अध्यक्ष  धुपलाल निषाद्ले बताउनु भयो कि हामी नेपालको बन जङ्गल  ,जल , नदी, मन  र पैनी पजारमा बस्ने जाती भये पनि राज्यले हामीलाई उपेक्षित गरेर चलेको छ। हाम्रो  पहिचानआई दबाईयेको छन , हामीलाई मात्र भोट्को रुपमा प्रयोग गरियेको छ । हामीले पाउने अधिकारबाट बन्चित गरियेको छ । यसै कार्यक्रमको माध्यमले हामी आफ्नो अधिकार सुनिश्चित गराउन  र   सरकारको ध्यान आकर्षण अराउन हाम्रो अभियानको मुख्य  उधेस्य रहेको छ । 

कार्यक्रममा भोजेन्द्र सहनी,हरेन्द्र मुखियानिषाद ,उपेन्द्र मुखिया निषाद , बुद्धराम मुखिया निषाद ,संगीता मुखिया निषाद ले पत्रकारहरुले राखेको जिज्ञासाको जवाब दियेका थिये ।

कार्यक्रमको सहजीकरण प्रमानन्द मुखिया निषाद ले गर्नु भएको  थिये भन्ने कार्यक्रममा छापा  र  ईलेकट्रोनिक्स  माध्यम्का दस वटा पत्रकारहरुको सहभागिता रहेको थियो ।


Post a Comment

Previous Post Next Post