रामेश्वर मेहता
बाराको सिम्रौनगढ कंकाली मन्दिर परिसरमा आयोजिय श्री सत चण्डी महायज्ञको हिजो बेलुकी ८ बजे उदघाटन भएको छ ।
स्थानिये भद्रभलादमी ,साधु सन्त ,जनप्रतिनिधिहरुको सहभागीता रहेको उदघाटन समारोह बीच सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद जयसवाल ले फिता काटी तथा प्रतिमाहरुको अनुहार खोली उदघाटन गर्नु भयो । त्यस्तै साथै सिम्रौनगढ नगरपालिका ७ को वार्ड अध्यक्ष एव मेला समिती अध्यक्ष विवेक मेहता , वार्ड न १ को वार्ड अध्यक्ष दिनदयाल मुखिया , वार्ड न. ६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल र उधोग वाणिज्य सघ सिम्रौनगढको अध्यक्ष लालबाबु कुशवाहा ले अन्य प्रतिमाहरुको अनुहार खोली उदघाटन गर्नु भयो । सो अवसरमा यज्ञ पुरोहित रामकिशोर पण्डितले आफ्नो सहयोगी टिमको साथ बिधिवत मन्त्रोचारण गरि उदघाटन गराउनु भयो ।यो महायज्ञ ९ दिन सम्म रहने तथा चैतनवमी मेला १५ दिन सम्म लागने मेला अध्यक्ष विवेक मेहताले बताउनु भयो ।सोही अवसरमा ५१ किलोको फुलको माला नगर प्रमुख किशोरी प्रसाद कलवार , वार्ड अध्यक्ष विवेक मेहता, नन्दकिशोर प्रसाद जयसवाल , दिनदयाल मुखिया र उ. बा. अध्यक्ष लालबाबु कुशवाहा लाई लगाई सम्मान गरेयेको थियो ।
