रामेश्वर मेहता
बाराको सिम्रौनगढ प्रसिद्ध चैत नवमी मेलाको पुर्ब सन्ध्यामा आयोजित सत चण्डी महायज्ञको लागि आज कलस यात्रा निकालियेको छ ।
महायज्ञ स्थल सिम्रौनगढ कन्काली मन्दिर परिसर बाट निकालियेको सो कलश यात्रा अमर पुर, स्तुवाही ,कमलपुर ,झवानी, खजानी ,सलेमपुर हुँदै पुन: सिम्रौनगढ कन्काली ईशरा पोखरी नीर पुगेर झलबोझी गरेर यज्ञशालामा बिधिवत घट्स्थापना गरियो । सो कलस यात्रामा कुमारी कन्या , महिला पुरुष , बाल बालिका लगायेत का ठूलो सहभागिता रहेको थियो । यश अवसरमा सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवर ,सिम्रौनगढ ६ वार्ड को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल ,७ वार्ड अध्यक्ष विवेक मेहता , सरयुग महतो , जगदिश महतो लगायेत स्थानिय भद्रभला आदमी को सहभागिता रहेको थियो ।
