बिरगंज मेडिकल कालेजमा प्रहरीको छापा एम. डी. सहित दुई जाना पक्राउ


 बिरगंज मेडिकल कालेजमा प्रहरीको छापा ,एम.डि. सहित दुई जना पक्राउ 


तिरहुत साप्ताहिक 

वीरगञ्ज स्थित रहेको  नेशनल मेडिकल कलेजमा सोमबार दिउँसो पर्सा प्रहरीले छापा मारी दुई जनालाई नियन्त्रणमा  लियेको छ ।  

पक्राउ पर्नेमा कालेजको एम. डी. सहनवाज हुसेन र ल्याबका डाक्टर सन्जय साह रहेका छन ।

कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।


म्याद गुज्रिएको केमिकल ल्याबबाट बरामद भएपछि कलेजका एमडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ल्याबबाट म्याद गुज्रिएको केमिकल भएको अनुगमनको क्रममा भेटिएपछि कलेजका एमडी सहनवाज हुसेन र ल्याबका डाक्टर संजय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए।


कलेजको ल्याबबाट म्याद गुज्रिएको केमिकल संकलन गरी ल्याउने कार्य भइरहेको उनले बताए।


Post a Comment

Previous Post Next Post