सिम्रौनगढमा चोरहरुको बिगबिगी


तिरहुत साप्ताहिक  

  बाराको सिम्रौनगढ - ६  मालपोत रोड मा रहेको दिनेश पन्डितको घरमा गयेराती दस लाख बराबरको गहना र नगद  चोरहरुले चोरेर लगेका छन ।

चोरहरु बाहिर राखियेको  बासको दिढी लगाई घर भित्र पसेर 

पसेका थिये र घर भित्र रहेका जस्तापताको बाक्सा चोरेर लगेका थिये ।  सो बाक्सा भित्र पाच थान  सुनको र तीन थान चादीको गहना र एक लाख ४० हजार रुपैया नगद रहेको पिडित दिनेश पन्डितले बताउनु भयो । 

सो बाक्सा आज  बिहान नजिको खेतमा फेला परेको र सो भित्र रहेका गहना र नगद ताला तोडी  चोरहरु लगेको जनाईयेको छ ।

यश सम्बन्धमा चोरको खोज तलास भैइरहेको ईप्रका सिम्रौनगढले जनायेका छन ।

त्यस्तै सिम्रौनगढ -१  टोल खजानी स्थित राजकुमार कुशवाहाको किराना पसलमा बितेको सोमवार राती  चोरी गर्न प्रयास गरिरहेका अवस्था मा एउटा  चोर पक्राउ परेका छन ।

पक्राउ पर्नेको नाम सार्बजनिक गरियेको छैन ।

चोर ताला तोडी रहेको अवस्थामा पिपरपाती शस्त्र प्रहरी ले पक्राउ गरेका थिये  । 


Post a Comment

Previous Post Next Post