सिम्रौनगढमा शिवरात्रीको मेला ।


 रामेश्वर मेहता ।

 महा शिवरात्रीको शुभ अवसरमा आज बाराको सिम्रौनगढमा आज शिवरात्री मेला लागेको छ ।

बिगत पाच दसक देखि लागीरहेको यो मेला त्रीलोकी नाथ महादेव जि को नामले प्रसिद्ध छ ।वर्षो देखि अलपत्र रुपमा रहेको तीन वटा शिवलिङ्गलाई २०३५ सालमा ब्यवस्थित गरि त्रीलोकी नाथ नामले प्रसिद्धी पायो । सो ही बेला देखि प्रत्येक शिव उत्सवमा याहा जल रिसाल हुन्छ ।

यश सम्बन्धमा आज पनि बिहानै देखि श्रधालु भक्तजनहरु प्रयागराजको संगमबाट ल्यायेका जल रिशाल गरेका थिये ।त्यस्तै स्थानिये भक्तजनहरु आफ्नो पायक रहेको धार्मिक नदी बाट जल बोझी गरि यहाँ जलाभिषेक गरेका थिये । बिगत दुई साल देखि यो यो मेलाको लागि सिम्रौनगढ -६ र ७ को वार्ड अध्यक्ष दोय नन्दकिशोर प्रसाद जयसवाल र विवेक मेहताको सकृयतामा  स्थानियवासिको सहयोगले यो मेलाको रौनक झन बढेको बुझियेको छ ।

त्यसतै शिवरात्रीको अवसरमा सिम्रौनगढको सबै शिव मन्दिरमा जलाभिषेक भएको र वार्ड ४ हरिहरपुर र वार्ड न ११ भगवानपुरमा मेला पनि लागेका थिये ।


Post a Comment

Previous Post Next Post