तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ कंकाली मंदिर परिसरमा आज एक समारोह बीच सत चण्डी महायज्ञको लागि ध्वजारोहण कार्यक्रम भएको छ ।
सिम्रौनगढको प्रसिद्ध रामनौमी एव चैतनवमी पर्व र मेलाको अवसरमा हुन गयीरहेको माहायज्ञ र मेला सिम्रौनगढको धार्मिक सास्कृती सम्पदाको उजागर विकास र पहिचानको लागि हुने भएको जनायियेको छ ।
जस अनुसार कंकाली मन्दिर परिसरमा श्री श्री १०८ श्री माहाचण्डी माहायज्ञको अधारशिला सहित ध्वजारोहण गरियो ।सो ध्वजारोहण सिमरौनगढ नगरपालिका -६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल द्वारा धार्मिक विधि विधान अनुसार गरियो ।
यश अवसरमा धार्मिक भक्तजन, साधुसंत र स्थानियेवासिहरुको उपस्थिति रहेको थियो ।
यो महायज्ञ यही २०८०/१२/२७ गते देखि २०८१/०१/६ गते सम्म रहने वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवालले जानकारी गराउनु भयो ।
यो माहायज्ञले वर्षो पुरानो नेपाल र विहारको गौरवको रुपममा तीन महिना सम्म लाग्ने रामनवमी र चैतनवमी मेला तथा लोप्नोमुख हुन गयीरहेको सिम्रौनगढको ललित कला ,वास्तुकला तथा धार्मिक र सास्कृती सम्पदाको जिर्णोधार भई पहिचान बढने भन्नी मुल रुपमा लिईयेको छ ।
