रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ -६ कंकाली मा.वि. को पारङ्गणमा नि:शुल्क दांत र आंखा शिवीर हिजो बेलुकी अबेर सम्म सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था लि. सिम्रौनगढको आयोजनामा भएको यश सिविरमा सिम्रौन गढ ईलाकाको ९७५ जाना आंखा र दांतका रोगीहरुले आफ्नो आंखा र दांत जाँच गराई औषधि लियेका थिये ।
यो शिविरमा जम्मा जम्मा ९७५ जाना आँखा र दांतका रोगीहरुले सेवा लियेका थिये जसमा आँखा तर्फ ७४५ जना र दांत तर्फ २३० जना रहेका छन ।त्यस्तै आँखाका ७४५ जना रोगी मध्ये २३४ जनालाई मोतिया बिन्द रहेको र उनीहरुको अपरेशन बिरगंज आँखा अस्पतालमा हुने शिविरमा संलग्न डा. चन्दन बनर्जीले जानकारी गराउनु भयो ।
यो शिविरमा दांत तर्फ का डा. शिवा केशी ,राहुल गुप्ता र सहयोगी तीन जना लगायेत ५ जना त्यस्तै आँखा तर्फ डा. चन्दन बनर्जी ,अनवर अली( एम. डी. ) मिथलेश गुप्ता , शोहेल अली र सहायेक ११ जना सहित १५ जनाले सेवा दियेका थिये ।
यो शिविरमा सेवा दियेका डाक्टर र सहयोगीहरुलाई साना किसान कृषि सहकारी संस्था लि. सिम्रौनगढको मैनेजर दिलीप कुमार कर्ण ले प्रमाणपत्र दियेका थिये ।
