रामेश्वर मेहता/ तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ कंकाली मन्दिर परीसरमा स्थानिये वासिहरुको भेला सम्पन्न भयो ।
सिम्रौनगढ नगरपालिका उप प्रमुख नजमु शेहरको अध्यक्षतामा बसेको सो भेलाले सिम्रौनगढ धार्मिक स्थल सौन्दर्य करण , मन्दिरको लागि पुजारी ब्यवस्थापन,बजार ब्यवस्थापन , एतिहासिक र पुरातात्विक धरोहरको संरक्षण लगायेतको बारेमा व्यापक छलफल गरियो ।
यस भेलाले उपयुक्त कुराहरुको ब्यवस्थापन एव संरक्षण को सम्बन्धमा २१ सदस्यीय श्री कंकाली ट्रष्ट सिम्रौनगढ गठन भयो । जसको अध्यक्षमा राजेश पन्डित , उपाध्यक्ष मदन प्रसाद गुप्ता ,सचिव रामेश्वर प्रसाद मेहता ,कोषाध्यक्ष गायत्री देबी नुनियाईन र सदस्यहरुमा सरयुग महतो , प्रमानन्द प्रसाद जयसवाल , जङ्गबहादुर महतो , राज कुमार गुता ,संजय गुप्ता ,सुरेश महतो , सुधिर गुप्ता लगायेतका रहेका छन ।
