सिम्रौनग बिधुत प्राधिकरणको ज्यादती र भ्रष्टाचार बिरुद्ध आन्दोलनको घोषणा ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

बाराको सिम्रौनगढ कंकाली मन्दिरको पारङ्गणमा आज  माछा पालक कृषखरुको भेला सम्पन्न  भएको  छ ।

मतस्य ब्यवसाये सघ बाराको अध्यक्ष  बीरेन्द्र चौधरीको अध्यक्षतामा भएको यश भेलाले माछा पालक कृषकहरु माथी सिम्रौनगढ नेपाल बिधुत प्राधिकरणको भ्रष्टाचार र ज्यादतीले माछापालक कृषकहरु पिडित  ,माछा बजार भाउ  ब्यवस्थापन , ब्यवसायी मिटरलाई कृषि  मिटरमा बदले सम्बन्ध मा ,समिती गठन गर्ने सम्बन्धमा तथा नेपाल बिधुत प्रधिकरण सिम्रौनगढको ज्यादती र भ्रष्टाचार  बिरुद्ध आन्दोलन गर्ने सम्बन्धमा व्यापक छलफल  भयो ।

यस अवसरमा यो भेलाले  माछापालक कृषक नागेन्द्र प्रसाद साहको अध्यक्षतामा ३१ सदस्य माछा पालक कृषक र बिधुत प्रधिकरण प्रामर्श  समिती गठ भएको  छ ।

जसको सदस्यहरुमा अवधेश सहनी, शिवमङ्गल प्रसाद कुशवाहा , कुन्दन कुशवशा ,, दीन दयाल मुखिया ,अशोक सहनी , बृजकिशोर यादव लगायेतका रहेकाछन । यो भेलामा सिम्रौनगढ नगरपालिका , पचरौता नगरपालिका र आदर्श कोतवाल गाउँ पालिकाको माछापालक कृषकहरुको सहभागीता रहेको थियो ।

Post a Comment

Previous Post Next Post