राष्ट्रिय शक्ति नेपालको केन्द्रीय अध्यक्ष बिष्ट द्वारा सिम्रौनगढको अवलोकण भ्रमण।


 तिरहुत साप्ताहिक ।

राष्ट्रिय शक्ति नेपालको केन्द्रीय  अध्यक्ष  केशर बहादुर बिष्टले आज प्रसिद्ध एतिहासिक , पर्यटकिये एव धार्मिक स्थल बाराको सिम्रौनगढ्को अवलोकण भ्रमण गरेका छन ।

वाहालाई राष्ट्रवादी समुहका बारा क्षेत्र न. १ का अध्यक्ष शिवशंकर ठाकुर को नेतृत्वमा आयेका राजावादी समर्थकहरुले स्वागत र सम्मान  गरेका थिये । 

अध्यक्ष  बिष्ट साथ आउनु भएका राष्ट्रिय शक्ति नेपालका पुर्ब मन्त्री बिराज बिष्ट ,मधुशुधन श्रेष्ट ले यहाका सिद्धपिठ कन्काली माई मन्दिरमा पुजा गरेका थिये । वाहाहरुले कन्काली मन्दिर परिसरमा रहेका अरु देबी देउतालाई दर्शन गर्दै एतिहासिक एव पुरातात्विक मुर्तिहरुको अवलोकण गरेका थिये ।

अध्यक्ष बिष्ट शीत यहाका राजावादी समर्थकहरुले पुर्ब राजा ज्ञानेन्द्र शाहलाई सिम्रौनगढ भ्रमण गराउन आग्रह गरेका थिये ।

यश अवसरमा नेता शिवशंकर ठाकुर ,प्रेम साह,मुनिफ अन्सारी ,जगरनाथ मिश्र ,अखतर हुसेन परदेशी ,सजावल महतो ,रामनाथ साह कानु लगायेतको राजावादी समर्थकहरुको उपस्थिति  रहेको थियो । 


Post a Comment

Previous Post Next Post