मधेश प्रदेस सरकारबाट जनमत पार्टी ले आफनो समर्थन फिर्ता लियो । सरकारलाई फरक न पर्ने ।


 तिरहुत साप्ताहिक ।

मधेश प्रदेश सरकारबाट  सी के राउत नेतृत्व को जनमत पार्टी ले आफ्नो समर्थन फिर्ता लियेको छ

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।
मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए ।
मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।
जनमत पार्टीका प्रवक्ता शरद सिंहले सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले सरकार छाडेको बताए ।
जनमत सरकारबाट बाहिरिएपनि मधेस प्रदेशमा सत्ता समीकरणमा कुनै समस्या छैन । कुल १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेस प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ ।
मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपाका १८, माओवादीका ८, लोसपाका ९ र एकीकृत समाजवादीको ७ गरी ६४ सांसदको समर्थन छ । यता सरकार बाहिर रहेको एमालेका २४ सांसदको पनि यादवलाई समर्थन छ ।


Post a Comment

Previous Post Next Post