सिम्रौनगढमा नि:शुल्क स्वास्थ्य शिविर र कपडा बितरण कार्यक्रम सम्पन्न ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

२३ सौ शस्त्र प्रहरी दिवस २०८० र सिमा संग शस्त्र प्रहरी अवधरणा  अन्तरगत बाराको सिम्रौनगढ -१ शश्त्र प्रहरी बेस क्यामको पारङ्गणमा आज नि:शुल्क स्वास्थ्य शिविर र कपडा बितरण कार्यक्रम भएको  छ ।

सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी  प्रसाद् कलवारको प्रमुख आतिथ्यमा तथा नेपाल न. १२ गपा हे.क्वा. बाराको  आयोजनामा भएको थियो ।

कार्यक्रमको उदघाटन प्रमुख अतिथी नगर प्रमुख किशोरी प्रसाद कलवारले पानसमा बती बाली उदघाटन गर्नु भयो ।

कार्यक्रममा यश क्षेत्रको जनताहरुको लागि आयोजित एक दिने  स्वास्थ्य शिविरमा चेक जाचको शुरुवात गर्दै ४५० जना गरिब जनताहरुमा न्यानो कपडा बितरण गरियो ।

यश अवसरमा बाराको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे , बारा प्रहरी उपरीक्षक सुरेश प्रसाद काफले , बारा शस्त्र प्रहरी उपरीक्षक  टाेप बहादुर डांगी ईलाका प्रहरी सिम्रौनगढ को प्रहरी निरीक्षक नवीन राई शस्त्र प्रहरी बी. ओ. पी. गोलागन्जको प्रहरी निरीक्षक सुमन अधिकारी , उधोग वाणिज्य सघ सिम्रौनगढको अध्यक्ष  लालबाबु कुशवाहा   सिम्रौनगढ नगरपालिकाको वार्ड अध्यक्ष  वार्ड न. ४ को अवधेश  सहनी  , ६ को नन्दकिशोर प्रसाद जयसवाल ७ को बिवेक मेहता ,समाजसेवी रामबाबु कुशवाहा  स्थानिये भद्रभलादमी र सेवाग्राहीहरु को उपस्तिथि  रहेको थियो । 

Post a Comment

Previous Post Next Post