जहा अत्याचार हुन्छ त्याहा अवतार जन्म लिन्छ ।/ मन्त्री - कृष्णा यादव



 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

मंसिर २७ गते प्रहरीको गोलीबाट मृत्यु भएको बारा सिम्रौनगढ-१ ननसगरा ढाट निवासी लक्ष्मी मुखिया बिन कि श्रीमती लाई राहत स्वरुप आर्थिक  सहयोग गरियेको छ ।

नेपाली काग्रेस मधेश प्रदेश्को कार्य समितिबाट नगद एक लाख पचिस हजार रुपैया नेपाली काग्रेस मधेश प्रदेश सभापती कृष्णा यादवले एक समारोह बिच मृतकको श्रीमती रन्जु देबी मुखिया लाई दिनु भयो ।

सो अवसरमा नेता यादवले बताउनु भयो कि जहाअत्याचार  हुन्छ त्यहा अवतार जन्म लिन्छ र निश्चित रुपले त्यहाको अन्याय अत्याचार खतम हुन्छ ।नेपाली काग्रेस को जड धरती देखि पताल सम्म छ । यसलाई कसैले हलाउन सक्दैन र यो कहिलै समाप्त  हुदैन ।तपाईहरुलाई न्याय दिलान्छु यो मेरो प्रतिबद्धता हो यो गोली काण्डको छानबिन समिती आफ्नो प्रतिवेदन एक दुई दिन मै बुझाउन्छ र हामी यसप्रती चनाखो छौ ।सही रुपले छानबिन हुनु पर्ने  म अपेक्षा राखेको छु । त्यस्तै मधेश प्रदेशमा हामी जुन नियम बनयेको छु सो अनुसार तपाईहरुलाई सहयोग हुँदै रहन्छ ।

यश अवसरमा  नेपाली काग्रेस मधेस प्रदेश उप सभापति  चन्द्रशेखर कुमार यादव, नेपाली काग्रेस मधेश  प्रदेश सदस्य उपेन्द्र प्रसाद जयसवाल , सर्मिला थापा , नेपाली काग्रेस बारा क्षेत्र न.१ सभापति बिजयशंकर यादव ,सिम्रौनगढ नगर कमिटी सभापति नागेन्द्र साह कानु  नेता  रामनरेश कान्त कुशवाहा , मोहन कुशवाहा ,लालबबु कुधवाह ,दिनदयाल मुखिया बिन अर्बिन्द मुखिया बिन , अवधेश सहनी ,रामएकवाल यादव लगायेतका स्थानिये वासिहरुको ठूलो उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post