सिम्रौनगढमा पशु बजारको उदघाटन सम्पन्न ।अब प्रत्येक शुक्रवार र सोमवार पशु बजार लाग्दै छ ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

बाराको सिम्रौनगढ -६ टोल वानर गाछीमा आज एक समारोह बिच पशु बजारको उदघाटन भएको छ ।

वर्षौ देखि याहा लागि रहेको गोरु बजार बिगत एक दसक देखि यो बजार लागी रहेको थियेन । तर यो बजारलाई सुधार गरि यहा थप पाडा ,पाडी , भैंसी गाई,गोरु,खसी , बाख्रा, भेडा, भेडी  लगायेतको पशुको बजार लगाउने ब्यवस्थापन  मिलाई यो पशु बजार सिम्रौनगढको उदघाटन भएको बारा उधोग वानिज्य् सघ सिम्रौनगढको अध्यक्ष  लालबाबु प्रसाद कुशवाहाले बताउनु भयो ।

उधोग वाणिज्य सघ सिम्रौनगढ को अध्यक्ष  लालबाबु प्रसाद कुशवाहाको अध्यक्षता भएको यो पशु बजार को  उदघाटन सिम्रौनगढ नगरपालिका -६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जयसवालले फिता काटी उदघाटन गर्नु भयो ।यश अवसर मा स्थानिये ब्यपारी , स्थानिये संघ सस्था प्रतिनिधि,ईप्रका  सिम्रौनगढ प्रतिनिधि शस्त्र प्रहरी प्रतिनिधि र स्थानीय भद्रभलादमी को उपस्थिती रहेको थियो ।

उधोग वाणिज्य सघ सिम्रौनगढ को आयोजना गुठी सस्था बिरगन्जको सहयोगमा लागीरहेको यो पशु बजा र साबिक दिन शुक्रवार र सोमवार कै लाग्ने जनाईयेको छ ।

Post a Comment

Previous Post Next Post