नेपाल भारत बोर्डरमाअब चार चक्का गाडी आउन जान ईजाज्जत पायो ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

भारत सरकार द्वारा नेपाल प्रवेशमा रोक लगाईयेको  चार चक्का वाहनलाई अब बारा जिल्लाको सिमावर्तित क्षेत्र सम्म  आउन जान  अनुमती दियेको छ ।

यश सम्बन्धमा बारा जिल्लाको सिमावर्तित भारतको घोडासहनको झरोखर ,छौडादानोको महुवावा र आदापुरको मटिअर्वा  नाकाहरुबाट मात्र यो सुबिधा उपलब्ध गराईयेको छ  ।यो अनुमती एस. एस. बी. को वरिये अधिकारीको आदेशमा  दिईयेको छ जनाईयेको छ । यश नाकाहरुमा टासियेको सुचना अनुसार प्रकृया पुगायेर चार चक्का वाहन आउन जान अनुमती दिईयेको छ । यो सुबिधा लोकल बजार सम्म मात्र जान अनुमती दिईयेको एस. एस. बी. 71वी वटालियन कमाण्डर प्रफुल कुमार ले जानकारी गराउनु भयो ।

जसमा ब्यवसायी दृष्टिकोणले प्रयोग गरिने वाहनलाई अनुमती छैन ।

स्मरण रहोस सन2020  करोना कालमा एस. एस. बी. द्वारा यो प्रतिबन्ध लगाईयेको थियो जुन कि अब फुकवा भएको  छ ।

Post a Comment

Previous Post Next Post