लक्षमी मुखिया बिनको दाह संस्कार सम्पन्न


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

२७ गते बाराको सिम्रौनगढमा प्रहरीले चलायेको गोली लागि मृत्यु भएका सिम्रौनगढ १ निवासी लक्षमी मुखिया बीनको दाह संस्कार आईतवार बेलुकी ९ बजे सप्पन्न भएको  छ ।

 उनको दाह संस्कार सिम्रौनगढ ६ पावरहाउस नजिक गणडक नगर छेउमा भयो। मृतकको बुवा लखिन्द्र मुखिया बिन ले छोराको क्रीया बोकी दाह संस्कार गर्नु भयो ।

यश बेला मृतकको पार्थिव शरिरमा नेपाली काग्रेस  बारा क्षेत्र न. १ को सभापती बिजयशंकर यादवले नेपाली काग्रेसको झण्डा ओढाई सम्मान गरेका थिये । 

यस अवसरमा नेपाली काग्रेस केन्द्रिय सह महामन्त्री एव  पुर्ब मन्त्री उमाकान्त चौधरी, नेपाली काग्रेस मधेश प्रदेश उप सभापती चन्द्रशेखर कुमार यादव , नेपाली काग्रेस मधेश प्रदेश सदस्य उपेन्द्र जयसवाल , आदर्श कोतवाल गाउपालिकाको अध्यक्ष जवाहर प्रसाद साह ,नेपाली काग्रेस बारा क्षेत्र न. १ महा समिती सदस्य रामाकान्त साह ,उधोग वाणिज्य संघ सिम्रौनगढ अध्यक्ष लालबाबु कुशवाहा , उ. बा. सं. सिम्रौनगढको पुर्ब अध्यक्ष जयन्त कुशवाहा ,प्रेस युनियन बारा का रामेश्वर मेहता , शिक्षा संयोजक नुराजम सिद्धकी ,सिम्रौनगढ नगरपालिका करार अस्थाई ज्यालादारी सघ का अध्यक्ष नितेश यादव  सिम्रौनगढ नगरपालिका नेपाली काग्रेस सम्बन्ध वार्ड अध्यक्ष , वार्ड् सदस्यहरु लगायेतका स्थानिये वासिहरुको  ठूलो उपस्थिति रहेको थियो। । 


Post a Comment

Previous Post Next Post