रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
मंसिर २७ गते बुधवार बाराको सिम्रौनगढमा भएको गोली काण्डको बिरोधमा आज निजगढ स्थित पुर्ब पशिचम राजमार्ग मा चक्का जाम भएको छ ।
सो चक्का जाम र बिरोध कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस बारा क्षेत्र न. १ को सभापती बिजयशंकर यादवले बताउनु भयो कि मधेश प्रदेशका गैर जिम्मेवार मुख्य मन्त्री जबसम्म राजिनामा दिदैन हाम्रो आन्दोलन जारी रहने छ ।वाहाले अगाडि बताउदै भन्नू भयो कि यस्तो मुख्यमन्त्री जो हाम्रो देशको लोकतन्त्र जुन कि कानुनको शाषण र कानुनको विधि प्रक्रियाले चली रहेको छ ,यो देशमा यस्तो नाङ्गो नाचने मुख्यमन्त्री चाहिदैन ।
सो कोण सभामा नेपाली काग्रेस मधेश प्रदेश उप महामन्त्री जयनरायण प्रसाद यादव, मधेश प्रदेश कार्य समिती सदस्य उपेन्द्र जयसवाल ,नेपाली काग्रेस बारा उप स्भापती मनोज भट्ट , सचिव राजेश रौनियार ,भैयाराम यादव र महागढीमाई नगरपालिका को मेयर उपेन्द्र प्रसाद यादव लगायेतले आफ्नो बिचार राखेका थिये ।
नेपाली काँग्रेस बारा क्षेत्र नं १ काे आयाेजनामा यो कार्यक्रम भएको छ ।
शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बितेपनि माग सम्बोधन नभएपछि राजमार्गमा टायरबाली चक्काजाम गरेको जनाएको छ।
शनिवार दिउँसो १ बजे देखि शुरु भएको चक्काजाममा आन्दोलनकारिहरुले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी कलवारको पुत्ला दहन तथा राजिनामा माग र ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रमुख रविशंकर यादवको निलम्बन समेत माग गरेकाछन । घटनामा प्रहरी प्रमुख यादवको निर्देशनमा शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको आरोप छ । हाल निज यादवलाई सिम्रौनगढबाट जिल्ला तानिएको छ ।
यता बाराको निजगढमा बिहान देखि व्यापक शुरक्षाकर्मी परिचालन गरिएको छ । चक्काजामका कारण पुर्वबाट आउने गाडीहरुलाई रौतहटको चन्द्रपुरमा र पश्चिमबाट आउनेलाई पथलैया तर्फै रोकिएको छ ।
सिम्रौनगढ नगरपालिकाका करार , अस्थाई , ज्यालादारी कर्मचारीहरु र शिक्षकहरु दुई महिना देखि आफ्नो तलबको माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनले गर्दा नगरपालिकामा रहेको अस्पतालको सेवा विद्यालयको पठनपाठन समेत अबरुद्ध भएको छ ।
नगरपालिकाको कार्यलय बिगत २ महिना देखि काम काज ठप्प रहेको छ ।
घटनाको छानबिनसहित गोली हान्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी उनीहरुले पूर्व-पश्चिम राजमार्गको निजगढ खण्डमा प्रदर्शन गरिराखेका छन् ।
प्रदर्शनमा स्थानीय नगरवासी, मृतकका आफन्त, कांग्रेसका वहालवाला र पूर्वजनप्रतिनिधि, नेता, कर्मचारी, शिक्षकहरू लगायेत हजारौको उपस्थिति रहेको थियो ।
सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार भएको झडपको क्रममा प्रहरीको गोली लागी सिम्रौनगढ-१ ननसगराढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो । उनको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि आफन्तले शव बुझेका छैनन् ।
यो चक्का जाम ,बिरोध कार्यक्रम तथा कोणसभाको नेतृत्व नेपाली काग्रेस बारा क्षेत्र न. १ को सभापति बिजयशंकर यादवले गर्नु भएको थियो ।
