तिरहुत / साप्ताहिक
प्रहरी दमनको बिरोधमा बाराको सिम्रौनगढ बजारमा आज जुलुस प्रदर्शन भएको छ
।
मंसिर २७ गते सिम्रौनगढमा प्रहरीले चलायेको गोली बाट सिम्रौनग १ टोल ननसगरा ढाट निवासी लक्षमी मुखियाबिनको मृत्यु भएको थियो । सो को बिरुद्धमा आज सिम्रौनगढ बजार पनि तीन घन्टा बन्द भएको थियो । यस्तै आज मुख्य मन्त्री सरोज कुमार यादव , मेयर किशोरी प्रसाद कलवार , ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी निरीक्षक रबिभुषण यादवको पुतला बनाई प्रहरी दमन बन्द गर ,मुख्यमन्त्री राजिनामा देउ , मेयर किशोरी राजिनामा दे , इन्सपेक्टर रबिभुषन यादवलाई निलम्बित गर भन्दै पुरै सिम्रौनगढ बजार परिक्रमा गरि गोरु बजारमा मुख्यमन्त्री सरोज कुमार यादव , मेयर किशोरी प्रसाद कलवार र प्रहरी निरीक्षक रबिभुषण यादवको पुतला दहन गरि कोण सभा गरेका थिये ।
वार्ड न. ९ को अध्यक्ष रामेकवाल प्रसाद यादवको अध्यक्षतामा भएको सो कोण सभामा वार्ड न. ४ को अध्यक्ष अवधेश सहनी , करार ज्यालादारी कर्मचारी संघ को अध्यक्ष नितेश कुमार यादव ,लगायेत काले आफ्नो बिचार राखेका थिये ।
यो बिरोध प्रदर्सनमा सिम्रौनगढ नगरपालिका का नेपाली काग्रेस सम्बन्ध ८ जना वार्ड अध्यक्ष , शिक्षकहरु र करार, अस्थाई ,ज्यालादारी कर्मचारीहरु लगायेत नेपाली काग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यता गत बुधवार प्रहरीको गोली लागेर मृत्यु भएका बिनको शव परिवारले बुझेको छैन । उनको शव नारायणी अस्पतालमा नै राखिएको छ । मृतक परिवारलाई क्षतिपूर्तिसहित घटनाका दोषीहरूमाथि कारबाही हुनुपर्ने आन्दोलनकारीको माग छ ।
धर्ना जारी
सिम्रौनगढ नपाको सामुदायिक विद्यालयहरूमा कार्यरत करार, अस्थायी र बालविकासका शिक्षक, कर्मचारीहरूले १४ महीनादेखि तलब नपाएको भनेर आज ५९औं दिन पनि नपा कार्यालयअगाडि धर्ना दिइएको थियो । बुधवारको घटनापछि हिजो बिहीवार धर्नामा नबसेका शिक्षकहरूले आज भने धर्ना जारी राखेका थिए ।
काङ्ग्रेस समर्थक वडाध्यक्षहरूको समर्थन
शिक्षकहरूको आन्दोलनमा समर्थन जनाउँदै नेपाली काङ्ग्रेसबाट जितेका आठजना वडाध्यक्ष वडा कार्यालय बन्द गरेर एक सातादेखि आन्दोलनमा छन् ।
