बिश्वब्यापी मानवाधिकारको अधारभुत सिद्धान्तलाई ख्याल न गरि बाराको सिम्रौनगढमा प्रहरीले चलायेको गोली लागि सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय लक्ष्मी मुखिया बिको ज्यान गएको घटनामा नेपाली कांग्रेस निकट जनप्रतिनिधिहरूले ६ बुन्दे सहितको विभिन्न माग राखी बाराका प्रमुख जिल्ला अधिकारी नवराज ससापकोटा लाई ज्ञापनपत्र बुझायेका छन।
ज्ञापनपत्रमा रहेको माग अनुसार प्रहरीको गोली गालेर बुधवार घटनास्थलमा ज्यान गुमाएका मृतक लक्ष्मी मुखिया बिनलाई शहीद घोषणा गर्नुपर्ने, नगरप्रमुख किशोरी प्रसाद कलावरमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता, मृतकको क्षतिपूर्ति तथा परिवारको व्यवस्थापन, रोजगारीको ग्यारेन्टी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका इन्चार्ज प्रहरी निरीक्षक रविभूषण यादवलाई निलम्बन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ ।
प्रहरी निरीक्षक यादवको कल डिटेल निकाल्नुपर्ने माग सहितको सो ज्ञापन पत्र बुझाएका थिए । मागहरू २४ घण्टा भित्रमा सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने र आन्दोलनबाट सृजित सबै घटनाका जिम्मेवार स्वयम् प्रहरी प्रशासन हुने ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै प्रहरीको गोली लागेर मृत्यु भएका घटनामा दुःख व्यक्त गर्दै ६ बुँदे माग प्रति आफू सकारात्मक रहेको र चाँडै पुरा गराउने र कतिपय मागहरूको विषयमा अध्ययन गरी चाँडै टुङ्गो लगाउने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
मृतक लक्ष्मी मुखिया बिनलाई शहीद घोषणा, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अनुसन्धान गर्ने जिम्मा र प्रहरी निरीक्षक यादवलाई निलम्बन गर्ने, क्षतिपूर्ति तथा रोजगारीको विषयमा चाँडै प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विश्वव्यापी मानवअधिकारको आधारभूत सिद्धान्त समेतलाई ख्याल नगरी मृतक बिनको टाउकोमा गोली हानी हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मृतकका परिवार, जन निर्वाचित प्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मीहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
यस्तो अमानवीय र क्रुर घटनाको निन्दा एवं घोर भर्त्सना समेत गरेका छन् । सिम्रौनगढ नगरपालिकाको विषयलाई लिएर दुई पक्षबिच सामान्य विवाद हुँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवले शान्तिपूर्ण आन्दोलनमा बसेका आन्दोलनकारीहरूमाथि अन्धाधुन्ध लाठी चार्ज गरी कुटपिट गर्दै गोली चलाउने सम्मको काममा उद्धत भई व्यक्तिको ज्यानै जाने काम गरेको घटनाप्रति उनीहरुले दुःख व्यक्त समेत गरेका छन् ।
ज्ञापन पत्र बुझाउनेहरूमा स्थायी शिक्षकहरूको तर्फबाट शिक्षक सङ्घका अध्यक्ष उमाशंकर प्रसाद यादव, करार कर्मचारीहरूको सङ्घर्ष समितिका अध्यक्ष नितेशकुमार यादव, स्वास्थ्यकर्मीहरूको सङ्घर्ष समितिका अध्यक्ष मनु यादवेन्द,सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजबुन शेहर, वडा अध्यक्षहरू दिनदयाल सहनी, अरविन्द मुखिया, ऐजुल्लाह अंसारी, अवधेश सहनी, जयमंगल कुशवाहा ,रामएकवाल यादव, राजकुमार यादव, सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् ।
साथै सिम्रौनगढ नगरपालिकाका निवर्तमान नगरप्रमुख विजयशंकर यादव, नेपाली कांग्रेसका मधेस प्रदेशका सदस्य उपेन्द्र जयसवाल, महासमिति सदस्य रामनरेश कान्त मकुसवाहा, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभापति मोहन कुसवाहा सिम्रौनगढ नगरपालिकाका नगर समितिका सभापति नागेन्द्र साह र जयन्त कुसवाहा लगायतका उपस्थिति रहेका थिये ।
नेपाली काग्रेस सम्बन्ध जनप्रतिनिधिहरु , कार्यकर्ताहरु , करार,अस्थाई ,ज्यालादारी कर्मचारीहरु समेतले केही बेर प्रमुख जिल्ला अधिकारीको कार्यालय अगाडि धरणामा बसि नारा लगायेका थिये ।

