रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढमा गोली चल्यो एकजनाको मृत्यु १६ जना घाईते ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वार्ड न. १ निवासी लखिन्द्र मुखिया बिनको २४ वर्षिये छोरा लक्षमी मुखिया बिन रहेको र घाईते हरुको नाम खुल्न सकेको छैन ।घाईतेहरुको उपचार बिरगन्ज,कलैया र स्थानिये क्लिनिकहरुमा भैइरहेको छ ।
यश सम्बन्ध मा आज सिम्रौनगढ नगरपालिका मेयर किशोरी प्रसाद कलवार नया प्रमुख प्रशासकिये अधिकृत मुकेश कुमार मिश्र सहित आफ्नो कार्य कक्षमा प्रवेश गर्दा , बिगत ५७ दिन देखि आन्दोलनमा रहेका करार ,अस्थाई ,ज्यालादारी कर्मचारी र शिक्षकहरु हाम्रो दु:ख दर्द न बुझी नगरपालिकामा प्रवेश गरेको भन्दै मेयर बिरुद्ध नारावाजी सुरु गर्यो । पछि नगरपालिकाको गेट मुनि टायरबाली नारा सुरु भयो र ना.२ झ. ४३५४ नम्बर भएको मेयरको गाडीमा तोडफोड पनि भयो । स्थानिये प्रहरी ले मेयर ,प्रशासकिये अधिकृत नगरपालिका कार्यालयको सुरक्षा जारी राख्दै आन्दोलनकारी र जनप्रतिनिधिहरुलाई समझाई बुझाई गरिरहेकै थियो कि यसै बिच कलैया बाट थप प्रहरी बल आयो र लाठी चार्य गर्न खोज्दा पत्थराव सुरु भयो र प्रहरी ले १४ राउन्ड गोली र आँसु ग्यास चलाउदा एक जनाको घटना स्थल मै मृत्यु भयो र एक जनालाई खुटामा गोली लाग्यो ,एक जना बालक र तीन जना बृधलाई सधारण चोट पटक लाग्दै ११ जना प्रहरी तर्फ घाईते भएको जनाईयेको छ। हाल सिम्रौनगढ नगरपालिका प्रहरी तैनात गरि मृत्यु भएको ठाउलाई सिल गरि अन्सन्धान भैइरहेको र सवलाई प्रहरी कलैया लगेको बुझियेको छ ।
