सिम्रौनगढ नगरपालिका -५ टोल कनकपुरमा कृषि गोदामको शिलान्यास कार्यक्रम सम्पन्न


 रामेश्वर मेहता /  तिरहुत साप्ताहिक  ।

बाराको सिम्रौनगढ नगरपालिका वार्ड न ५ टोल कनकपुरमा  आज  एउटा  समारोह बिच सिम्रौनगढ कृषि गोदामको शिलान्यास भएको  छ ।

सिम्रौनगढको नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवारले पाच वटा इटा थाप्दै बिधिवत पुजा गरी शिलान्यास गर्नु भयो । 

विशाल एण्ड बिराट कन्ट्रक्सन प्रा. ली. जोर पाटी काठमाडौ को ठिकामा  यो कृषि गोदाम २ हजार मैट्रीकटन क्षमता भएको  साथै ५ करोड ३० लाखको लागतमा  निर्माण  हुने र २०८२ साल अशाढ मसान्त सम्म तैयार हुने जनाईयेको छ ।


यो कृषि  गोदाम हर्मेटिव गोदाम हो र यसका अतिरिक्त पार्किङ्ग ठलान रोड र ग्रीण गार्डेन समेत निर्माण हुने मेयर कलवारले बताउनु भयो ।

Post a Comment

Previous Post Next Post