सिम्रौनगढ ८ कचोर्वामा कार्यरत शिक्षक पराजुली मृत अवस्थामा फेला


 



तिरहुत साप्ताहि / सिम्रौनगढ 

बाराको सिम्रौनगढ -८ टोल कचोर्वाको नया बजार स्थित माछा बजारमा एउटा युवक मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ - ८ टोल कचोर्वा स्थित श्री ने. रा. प्रा. बि. को ३३ वर्षिये स्थायी शिक्षक नेरेन्द्र पराजुली भएको  पहिचान भएको छ । 

सिन्धुपालचोक जिल्ला ,बारहबिसे नगरपालिका वार्ड न. ८ घर भैइ शिक्षक   नरेन्द्र पराजुली बिगत चैत्र २७ गते देखि यो बिधालयमा कार्यरत थिये ।  

यता सिम्रौनगढ नगरपालिकाले तलब न दियेकोले याहा का गाउँ वासी र पसले र साथीहरु शीत सापटी ली पेट पालेको र पैसा न पाउँदा  धेरै अप्ठ्यारो भएको म लाई बताउदै आउनु  भएको  थियो  मृतकको भिनाजु बारा सिमरा निवासी कुबेर न्युपानेले   बताउनु भएको छ ।

शुक्रवार  अप्रान्ह ४ बजे कचोर्वा नया बजारको माछा बजारमा शिक्षक नरेन्द्र पराजुली मृत अवस्थामा फेला परे पछी स्थानिय वासिहरुले प्रहरी लाई जानकारी गरायेका थिये । सुचना पाउन साथ ईलाका प्रहरी सिम्रौनगढबाट प्रहरी  घटना स्थलमा पुगी , घटना स्थलको शिल गरि अनशधान अगाडि बढायेको बुझियेको छ ।

Post a Comment

Previous Post Next Post