अधिकृतलाई नेपाली कांग्रेस पक्ष वार्ड अध्यक्षहरुले हाजिर हुन न दियेको मेयर किशोरी प्र.कलवारको आरोप ।


 रामेश्वर मेहतस / तिरहुत साप्ताहिक  

२१ दिन देखि ताला लागेका  बाराको  सिम्रौनगढ नगरपालिका मा आज प्रमुख प्रशासकिये अधिकृत रन्जित जंग अधिकारी हाजिर हुन  आउनु  हुँदै बताउनु भयो कि  नगरपालिका कार्यलयको जब सम्म ताल्चा खुल्दैन हाजरी कसरी हुने ।  हाजरी न भये काम सुचारु हुदैन ।जनप्रतिनिधिकरुले ताल्चा खोली दिनु पर्यो म हाजिर हुन्छु ।


  २१ दिन देखि तलबको माग गर्दै नगरपालिकामा ताला मारी धारणामा बसेका शिक्षक , करार ,अस्थाई , ज्यालादारी का कर्मचारीहरु   र नेपाली काग्रेस पक्ष वार्ड अध्यक्षहरुले याहा का समस्या बारे अधिकृतलाई अवगत गराउदै अवधेश सहनी ले बताउनु भयो कि जब सम्म  नगर सभाको सुचना काटीदैन नगरपालिका मा लागेको ताला खुल्दैन ,मेयर साहबले नगर सभाको सुचना काट्नु पर्यो तब ताल्चा खुल्छ र काम गर्ने वतावरण बन्दछ ।

त्यस्तै नेकपा ए समाजवादी सम्बन्ध वार्डन ८ वार्ड अध्यक्ष  रामदिनेश यादवले  बताउनु भयो कि अधिकृत को पहलमा हामी सम्पुर्ण जनप्रतिनिधिहरुको बैठक गरि एउटा  राम्रो  निकास निकाल्नु पर्यो कि यो चाड पर्बको बेला समाजिक सुरक्षा भता , कर्मचारीहरुको तलब पाईयेन भन्ने दुर्भाग्य हुनेछ  अर्को वक्ता लोकतान्त्रिक समाजवादी सम्बन्ध वार्डन ६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसादले बताउनु भयो कि  मेयर सहित हामी सबै जनप्रतिनिधि एउटा  परिवार जस्तो हौ र हामीमा बेला बखत द्वन्द  चल्दै रहन्छ  तर  यता यो दीपाउली र छठ जस्तो वर्वको बेला समाजिक सुरक्षा भता  र कर्मचारीहरुको तलब एक्दम जरुरी छ । वार्डन १ को दिनदयाल मुखिया , २ को अरबिन्द मुखिया ३ को एजुलाह अन्सारी ५ को शिवमङ्गल कुशवाका ७ को विबेक मेहता ९ रामएकबाल प्र.यादव , १० को राजकुमार यादव ,११ को सुरेन्द्र प्रसाद जयसवालले आफ्नो धारणा राखेका थिये ।



यता  सिम्रौनगढको मेयर किशोरी प्रसाद कलवार सग गर्दा वाहाले बताउनु भयो कि सम्पुर्ण सिम्रौनगढ नगरवासिहरु सग अनुरोध छ कि प्रमुख प्रसाशकिये  अधिकृत रन्जित जङ्ग अधिकारी असोज १४ गते मन्त्रालयको परिपत्रमा सरुवा भैइ आज मिति कार्तिक २० गते सिम्रौनगढ न पा मा उपस्थित हुदा ताल्चा मारियेको  र  यहाका जनप्रतिनिधि सग सम्पर्क गर्दा ताल्चा न खोलेको कारण अधिकृत फिर्ता गयेको र नेपाली काग्रेस पक्ष वार्ड अध्यक्षहरुले हाजिर हुन दिदैनौ भनेका थिये ।

यश कारण यहाका समाजिक सुरक्षा भता र कर्म्चारीहरुको तलब भता समयमा पाउन सकेन। यश कारण म  नगर प्रमुख किशोरी प्रसाद कलवार यहाँ पाउने समाजिक सुरक्षा भता र कर्मचारीहरुको तलब समयमा पाउन सकेन यसका लागि खेद प्रगट गर्दै क्षमा पार्थी छु र नगरपालिकामा कर्मचारी  ब्यवस्थापन को लागि प्रयासरत छु ।

स्मरण रहोस सिम्रौनगढ नगरपालिकामा ८ जना वार्ड र सदस्य सहित ३६ जना नेपाली काग्रेस , मेयर उप मेयर र वार्ड सदस्य सहित १६ जना लोकतान्त्रिक समाजवादी पार्टी  र १ जना वार्ड अध्यक्ष र सदस्य सहित ५ जना  नेकपा ए. समाजवादी  पार्टी रहेको छ ।


Post a Comment

Previous Post Next Post