तिरहुत साप्ताहिक / सिम्रौनगढ
नेकपा एमालेको नगर स्तरिये दीपाउली तथा छठको शुभकामना अदान प्रदान कार्यक्रम आज बाराको सिम्रौनगढ -११ भगवानपुरमा सम्पन्न भएको छ।
यश अवसरमा प्रमुख अतिथी नेकपा एमालेको पोलीट ब्युरो सदस्य एव बारा क्षेत्रा न . १ को प्रतिनिधि सभा सदस्य अच्युत मैनाली ले बताउनु भयो कि संविधानको तहद जुन पार्टीमा पनि हामी रहन सक्छौ यो तपाईको स्वतन्त्रता हो तपाईको अधिकार हो तर विकासको लागि, शिक्षा र स्वास्थ्यको लागि समाज र जनताको हित को लागि हामीमा मनमुटाव हुनु पर्दैन
त्यस्तै ठिक छ ,भोट आफ्नो ईच्छा अनुसार डाल्नु ,प्रचार प्रसार गर्नु तर पार्टीको नाममा लडाई झगडा न गर्नु ।
स्कुल, खाने पानी , कालेज ,होस्पिटल को ब्यवस्थापनमा एक आफसमा समझदारी गरेर सर्व सम्मत नेतृत्व गरि अगाडि बढनु होस ।
नेकपा सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्रप प्रसाद जयसवालको अध्यक्षतामा भएको यो कार्यक्रममा विशिष्ट अतिथी बिधायिका राजपती देबी जयसवाल , संविधान सभा सदस्य बलबीर चौधरी एमाले प्रदेश सभा सदस्य केवल चौधरी ,ढुढीराज उप्रेती
प्रमानन्द मुखिया, सिम्रौनगढ ११ को वार्ड अध्यक्ष सुरेन्द्र प्रसाद जयसवाल नेकपा एस को रमेश पन्जाली , नेपाली काग्रेस को रामेश्वर मेहता लगायेतले आफ्नो शुभकामना बिचार राखेका थिये ।
एमाले नेता सुरेश कुशवाहाले स्वागत गर्नु भएको यो कार्यक्रमको सन्चालन रामेश्वर यादवले गर्नु भएको थियो ।
