रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
अपन भाषा अपन पहचान मुल नाराको साथ आज पर्सा बिरगन्जमा भोजपुरी उडानको साहित्यिक मंच कार्यक्रम सम्पन्न भएको छ ।
बिरगन्ज कलवार धर्मशालाको सभा कक्षमा भएको यस कार्यक्रममा भोजपुरी भाषाको विकासको लागि छलफल सगै भोजपुरी भाषामा कविता ,गीत ,गजल , कौवाली र मुक्तक सहभागी कविहरुले वाचन गरेका थिए ।
साहित्यकार प्रमोद पाण्डेयको प्रमुखआतिथ्यमा भएको यश कार्यक्रममा निम्न अनुसारको सहित्यकार , कवि एव वक्ता हरुले आफ्नो बिचार र गीत ,गजल ,कौवाली वाचन गरेका थिए। जस अनुसार कवि रामप्रसाद साह ,धुर्व सिह ठकुरी ,रण्जित पाण्डे , अजमत अली अन्सारी , शशिभुषण प्रसाद , बतहु यादव , रामेश्वर मेहता , छोटु राजा , दिनेश गुप्ता लगाएतका रहेका छन ।
"भोजपुरी उडानको"अध्यक्ष आमोद प्रसाद गुप्ता को अध्यक्षता भएको यस कार्यक्रममा जय यादवले स्वागत र सन्चालन कवित्री स्मिता पटेल ले गरेका थिईन ।
यसै कार्यक्रममा गीतकार एव गायक रण्जीत पाण्डेले हाल नया भोजपुरी गीतहरुमा भएको अश्लिलता माथी कटाछ गर्दै " लाज हमरा लागता भोजपुरी गीत सुन के " गीत गायेर सम्पुर्ण दर्शक र कविहरुलाई झुमाई दियेका थिए ।
