रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिमावर्तित भारतको पुर्बी चम्पारण मोतिहारीको एउटा पुलमा हवाई जहाज आयेर फसेको छ ।
एन एच 28 नजिक पिपरा कोठी को एउटा ओभर बृज तल एउटा ठूलो लरी ट्रकमा लोड गरियेको हवाई जहाज सो पुलको तल बाट गयिरहेको बेला सो पुलमा फसेको थियो ।
सो हवाई जहाज मुम्बैइ बाट निलामी सकारेर एउटा कबाड ब्यपारीले कबाडी हवाई जहाज किनेर ल्याई रहेको र असाम लगी रहेको थियो ।
सो ट्रक पुलमा फसदा हल्ला भयो हवाई जहाज पुलमा फस्योभन्नी दर्शकहरुको ठूलो भिड जम्मा भयो । कतिले सेल्फी पनि लिन थाल्यो ।पछी प्रहरीको सहयोगमा ट्रकको सबै चक्काको हवा निकाली हवाई जहाज लादियेको ट्रकलाई निकालियेको थियो । यश अफडा तफडीमा दुई घन्टा सडक जाम भयो ।
