रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ -१ टोल ननसगरा ढाटमा लक्षमी मुखिया बिनको तेरहौ पुन्य तिथीमा श्रधान्जली कार्यक्रम सप्पन्न भएको छ ।
श्रधान्जली कार्यक्रम एव सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस केन्द्रिय सह महामन्त्री र पुर्ब मन्त्री उमाकान्त चौधरीले बताउनु भयो कि लक्षमी मुखिया बीनलाई मारी उनको परिवार माथी जुन अन्याय अत्याचार गरियेको छ यसको न्याय दिलायेर छाड्छौ ।
अर्को वक्ता नेपाली काग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवले बताउनु भयो कि नेपाली काग्रेसको कुनै कार्यकर्ता माथी कुनै खरोच पनि आये यसको परिणाम न राम्रो हुन सक्दछ । बेलैमा होस पुर्याउन जरुरी रहेको छ् , कंकाली माई सबैलाई सदबुद्धी देउ ।
सोही क्रममा नेपाली काग्रेस बारा क्षेत्र न.१ को सभापती बिजयशंकर यादवले बताउनु भयो कि सिम्रौनगढ नगरपालिकामा द्वन्दको स्थिति पैदागर्न मुख्य दोषी यहाका जिम्मेवार पक्ष हुन ,जिम्मेवार पक्षले आफ्नो जिम्मेवारी सही ढंगले इमानदारी पुर्वक निर्वाह गरेको भये यो स्थिति आउने वाला थियेन ।
मंसिर २७ गते सिम्रौनगढमा प्रहरीले चलायेको गोली बाट २४ वर्षिये लक्षमी मुखिया बिनको मृत्यु भएको थियो ।
नेपाली काग्रेस बारा क्षेत्र न. १ को सभापती विजयशंकर यादवको सभापतित्वमा भएको सो श्रधान्जली सभामा नेपाली काग्रेस मधेश प्रदेश माहामन्त्री महेन्द्र यादव, नेता उपेन्द्र जयसवाल , रामनरेश कान्तकुशवाहा ,सिम्रौनगढ नगरपालिका करार ज्यालादारी कर्मचारी सघ अध्यक्ष नितेश यादव , सिम्रौनगढ नगरपालिका शिक्षक सघ अध्यक्ष उमाशंकर प्रसाद यादव,सिम्रौनगढ नगरपालिका १ वार्ड अध्यक्ष दिनदयाल मुखिया ,३ वार्ड अध एजुलाह अन्सारी लगायेतकाले प्रहरी को गोली बाट मृत्यु भएको लक्षमी मुखिया बिन माथी भएको अन्याय अत्याचार को न्याय दिलायेर छाडछौ भन्दै श्रधान्जली अर्पण गरि आफ्नो बिचार राखेका थिये ।
सो अवसरमा नेपाली काग्रेस बारा जिल्ला कार्य समिती सदस्य मोहन कुशवाहा , सिम्रौनगढ नगर कमिटी सभापती नागेन्द्र साह कानु , नेता रामाधार यादव ,राम बिलास यादव वार्ड न ९ को वार्ड अध्यक्ष रामएकवाल प्रसाद यादव , ११ को सुरेन्द्र प्रसाद जयसवाल ,१० को राजकुमार यादव , ४ को अवधेश सहनी , ५ को शिवमङ्गल प्रसाद कुशवाहा ,२ को अरबिन्द मुखिया एव नेपाली काग्रेस कार्यकर्ता र स्थानिये वासिहरुको ठूलो उपस्थिती रहेको थियो
नेपाली काग्रेसको आयोजनामा भएको यो श्रधान्जली सभाको सन्चालन प्रत्रकार सिकेन्द्र पासवानले गरेका थिये

