रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
एउटा गोलभेडाको बोटमा २० किलो गोलभेडा फल्ने सुन्दा अलीआश्चर्य लाग्छ तर कुरा चाहिँ अथार्थ हो ।
बाराको सिम्रौनगढ- १ टोल खजानी निवासी राजकुमार कुशवाहाले आफ्नो खेतमा लगायेको गोलभेडा एउटा बोट बाट १५ किलो देखि २० किलो सम्मको गोलभेडा निकाली रहेका छन ।
बढी फल्ने सो गोलभेडा अभिलाषी र यु एस कम्पनीको १५०५ जातको गोलभेडा रहेका छन । सो गोलभेडा बढी फल्ने भएकाले बलियो लठ्ठी गाडेर त्यसको बोट फलाउन्छ ।
आफुले यो जातको गोलभेडा दुई कठामा लगायेको र अरु कृषकलाई दिन यसको नर्सरी पनि लगायेको राज कुमार कुशवाहा बताउनु हुन्छ । यति मेहिनत गरि खेती गरे पनि बजारको अभावमा कहिले काहीँ लागत पनि डुब्ने गरेको राज कुमार बताउनु हुन्छ ।
तस्तै एउटा चुकुन्दरको वजन १०० ग्राम देखि ५०० ग्रामको हुने गर्छ तर कृषक राजकुमार कुशवाहाले आफ्नो खेत ५०० ग्राम देखि २ किलो ५०० सम्मको चुकुन्दर हाल उबजायेका छन ।
एक कठामा लगायेको चुकुन्दर अहिले सो चुकुन्दर माथी उल्लेखित अनुपातमा निस्कि रहेको कुशवाहा बताउनु हुन्छ ।
यो चुकुन्दर शताब्दी जातको बीउ रहेको कुशवाहाले बतायेका छन ।
