सिम्रौनगढ नगर अस्पताल अब खुल्ने भयो ।


तिरहुत साप्ताहिक / सिम्रौनगढ 

 दुई महिना १८ दिन देखि बन्द  रहेको बाराको सिम्रौनगढ ७ स्थित सिम्रौनगढ नगर अस्पताल भोलि १८ गते बिहीवार देखि खुल्ने भएको  छ ।

यश सम्बन्धमा सिम्रौनगढ ईलाकाका जनताका उपचारमा पर्न गयेको समस्यालाई मदय नजर राख्दै बारा उधोग वाणिज्य संघ सिम्रौनगढले नगर अस्पताल खुलाउनको लागि मिती असोज  १३ गते सनिवार सिम्रौनगढको नगर प्रमुख किशोरी प्रसाद कलवारलाई तीन दिन भित्र अस्पताल खोल्न ज्ञापनपत्र दियेका थिये र सो दिन भित्र अस्पताल खुलेन भन्ने नगरपालिकामा ताला मार्ने अल्टिमेटम पनि  दियेका थिये ।

जस अनुसार तीन दिन बिति सक्दा पनि अस्पताल न खुलेकाले बारा उधोग वाणिज्य संघ सिम्रौनगढले अध्यक्ष लालबाबु कुशवाहाको नेतृत्वमा उधोग वाणिज्यका सदस्यहरुले १७ गते बुधवार  नगरपालिकामा ताला मार्न आउन खोज्दा  सिम्रौनगढ नगर अस्पताल ब्यवस्थापन समितिको संयोजक सिम्रौनगढ नगरपालिकाको उप मेयर नजमु शेहरको सल्लहकार शेख मोतिमले भोलि  १८ गते बिहीवार देखि अस्पताल खुल्ने संयोजक उप मेयर नजमु शेहरको निर्णय सुनाउनु भयो । 

सो अवसरमा नगर प्रमुख किशोरी प्रसाद कलवार , उप प्रमुख नजमु शेहरको सल्लाहकार शेख मोतिम ,सिम्रौनगढ नगर स्वास्थ्य संयोजक बिजय शकर ठाकुर ,आयुर्वेद अस्पताल स्वास्थ्य संयोजक जयनरायण प्रसाद यादव, सिम्रौनगढ नगर अस्पताल ब्यवस्थापन समिति  सदस्य रामदिनेश प्रसाद यादव, अवधेश कुमार सहनी ,विवेक मेहता ,नन्दकिशोर प्रसाद जयसवाल ,त्यस्तै वार्ड अध्यक्षहरुमा दीनदयाल प्रसाद मुखिया अरबिन्द मुखिया एजुलाह अन्सारी राजकुमार यादव ,रामएकवाल प्रसाद यादव,  सुरेन्द्र प्रसाद जयसवाल, शिवमङ्गल प्रसाद कुशवाह  सिम्रौनगढ ईप्रका को प्र नि रविभुषण यादव सन्चारकर्मी रामेश्वर मेह्ताको उपस्थिति  रहेको थियो । 

स्मरण रहोस येता दुई महिना १८ दिन देखि सिम्रौनगढ नगर अस्पतालका प्रमुख जितेन्द्र यादव सहित २२ जना करारका कर्मचारीहरुको सावन एक गते देखि उनिहरुको  म्याद सकिदै तलबको माग गर्दै आयेको छ ।

 यता  अस्पताल खुल्ने घोषणा हुँदै सिम्रौनगढ नगर अस्पताल को सरसफाइ सुरु भएको  छ । 

Post a Comment

Previous Post Next Post