सिम्रौनगढमा एमालेको प्रतिनिधि निर्वाचन सम्पन्न ।


 नेकपा एमाले मधेश प्रदेशको  असोज २४/२५ गते हुन गयिरहेको प्रथम अधिवेशन को लागि पालिका स्तरिये प्रतिनिधि निर्वाचनमा सिम्रौनगढ नगरपालिका बाट  खुला तर्फ ताराचन्द साह  लाई सर्व सम्म्तले चयन गरेको छ ।

त्यस्तै अन्य प्रतिनिधिमा महिला तर्फ तेतरी देवी यादव  र युवा तर्फ मुकेश प्रसाद जयसवाल लाई सर्व सम्मतले चयन गरेको छ ।

यो प्रतिनिधि निर्वाचनमा नेपाल पत्रकार माहासघ बाराको सचिव एव प्रेस चौतारी बाराका सदस्य अनिल कुमार गौरव निर्वाचन अधिकृत रहनु भएको  थियो ।


    जसमा  यश निर्वाचनमा खुला तर्फ  प्रमानन्द मुखिया, बिश्वनाथ प्रसाद यादव, शुरेश प्रसाद कुशवाहा, उपेन्द्र चौधरी र ताराचन्द  प्रसाद साह सहितका पाच जनाले उम्मेदवारी दियेका थिये । ठूलो प्रयासमा चार जनाले उम्मेदवारी फिर्ता लिये पछी ताराचन्द प्रसाद साह  चयन भएका थिये । 

बारा उधोग वाणिज्य  सघ सिम्रौनगढ को सभा कक्षमा सम्पन्न भएको  यो निर्वाचनमा  एमाले  सिम्रौनगढ नगर अध्यक्ष  महेन्द्र प्रसाद जयसवाल , उपाध्यक्ष  रामेश्वर यादव , रामएक्वाल यादव , दीपेन्द्र कुशवाहा ,सिकेन्द्र पासवान , लगायेतका मतदाता एव कार्यकर्ताहरुको  उपस्थिति  रहेका थिये ।

Post a Comment

Previous Post Next Post