बाराको पचरौता मा अस्ति भएको हत्या न सेलाउदै पुन: एउटा अर्को हत्या भएको छ ।
यश सम्बन्धमा बाराको पचरौता ६ पकडिया लक्ष्मिनिया मा आज अज्ञात ब्यक्तिले चलायेको गोलीबाट एक जनाको युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिमावर्तित भारतको छौडादानो दर्पा थाना क्षेत्र अन्तरगत को सुखलैया निवासी अजित सिह रहेको छ ।
आज बेलुकी ६ :३० बजे पकडिया लक्ष्मिनियाको पोखरी नजिक अजित सिहको टाउकोमा गोली हानी हत्या गरियेको छ ।
अजित सिह ६ महिना देखि आफ्नो श्रीमती सोनम सिह साथ बाराको सिम्रौनग ६ गोरु बजारमा डेरा ली बस्दै आईरहेको थियो ।
हत्यराको व्यापक रुपमा खोज तलास भैइ रहेको बारा प्रहरीले जनायेको छ ।
