स्वस्थ्य नेपालको कामना साथ सिम्रौनगढमा पतंजली योगको कार्यक्रम


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक । 

स्वस्थ्य नेपाल र ज्ञान र ज्ञानाको लागि सजगता भान्ने मुल नाराको साथ आज  महिला पतन्जली योग समितिको कार्यक्रम बाराको सिम्रौनगढ कन्काली मन्दिरको पराङ्गणमा सम्पन्न भएको  छ ।

महिला पतन्जली योग समिती नेपालको केन्द्रिय महिला  प्रभारी साधवी देवा आदीतीको प्रमुख आतिथ्य र सिम्रौनगढ नगरपालिका वार्ड न ६ को अध्यक्ष  नन्दकिशोर प्रसाद जयसवालको अध्यक्षता भएको  यश कार्यक्रममा समाजमा जिवनको लागि सकारात्मक सोच ,जिवनमा सैयम , क्रोध नियन्त्रण लगायेतका सद बिचार  राख्दै योगासन बाट विभिन्न रोग को उपचारको बारेमा जानकारी  गरायेका थिये ।

कार्यक्रममा महिला योग समिति नेपालकको  केन्द्रीय सदस्य हीरा अधिकारी , भोपाल श्रेष्ठ  लगायेत ले आफ्नो बिचार राखेका थिये । कार्यक्रममा ४० जना स्थानीय वासिहरुको उपस्थिति रहेको थिये । सहभागी सबै सहजकर्ताहरुलाई वार्ड अध्यक्ष  जयसवालले दोशाला ओढाई सम्मान गर्नु भएको थियो ।

Post a Comment

Previous Post Next Post