रामेश्वर मेहता / तिरहुत साप्ताहिक
सहकारी दीगोपन , स्वनियमन र सुशासन भन्ने मुल नाराको साथ आज बाराको सिम्रौनगढ कन्काली खेल मैदानमा साना किसान कृषि सहकारी संस्था ली. को अधिवेशन सहितको चौथो वार्षिक सधारण सभा सम्पन्न भएको ।
कार्यक्रममा प्रमुख अतिथी सिम्रौनगढ नगरपालिकाको उप प्रमुख नज्मु शेहर ले पानसमा बती बाली कार्यक्रमलाई उदघाटन गर्नु भयो ।
सना किसान कृषि सहकारी को अध्यक्ष ललिता कुमारी तात्वा को अध्यक्षतामा भएको यो सधारण सभा निम्न वक्ताहरुले शुभकामना बिचार राखेका थिये ,वाक्ताको क्रममा विशिष्ट अतिथी सना किसान सहकारी जिल्ला सघ हेटौडाका कृष्णा कुमारी शर्मा ,कलैया बाराका मिश्रीलाल सहनी ,ईनर्वासिराका झकेन्द्र ढकाल , जिल्ला सघको उपाध्यक्ष नैनकला खडका, साना किसान कचोर्वा का रामबाबु यादव ,सिम्रौनगढ नगरपालिका १ का अध्यक्ष दिन दयाल मुखिया , ४ को अवधेश सहनी, ९ राम एकवाल प्रसाद यादव , कृषि विकास संरक्षण समाज कचोर्वा को अध्यक्ष रामबाबु प्रसाद यादव , नमस्ते नेपाल सहकारी को सुरेश यादव , दिनेश कुशवाहा लगायेत का रहेका छन
यश अवसरमा जेस्ट महिला सदस्य, आपाङ्ग महिला सदस्य साना र एस इ इ मा उत्कृष्ट नम्बर ल्यायेका बिद्यार्थी लाई सम्मान र ईनाम दिइयेको थियो ।
किसान कृषि सहकारी सिम्रौनगढ को प्रबन्धक दीलीप कुमार कर्णले प्रबन्धक प्रतिवेदन, सस्थाका अध्यक्ष ललिता दास तात्माले अध्यक्ष प्रतीवेदन र नितु सिन्हाले लेखा प्रतिवेदन वाचन गरेका थिये ।
कार्यक्रममा स्वागत सहायेक प्रबन्धक पासपती कुमारीले गरेका थिये भने सन्चालन दीलीप कर्ण ले गर्नु भएको थियो ।
कार्यक्रममा १८५ समुहका १५०० जना महिला र पुरुषको सहभागिता रहेको थियो जसमा ९०% महिलाहरुको सहभागिता रहेको थियो ।
