सिम्रौनगढ कचोर्वा नया बजारमा किसान नेता एव जन कवि हरिहर यादवको स्मृती समारोह सम्पन्न


 रामेश्वर मेहता / सिम्रौनगढ ।

 बाराको सिम्रौनगढ ९ टोल कचोर्वा  नयाबजार मा किसान नेता एव जन कवि हतिहर यादव को १९ सौ स्मृती सभा  सम्पन्न भएको  छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथी नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिव एव मधेश प्रदेश ईन्चाय लिलामणी पोखरेल ले बताउनु भयो  कि हरिहर यादवले किसान आन्दोलन चलाउने क्रममा वाहाले पहिले सामन्ती ,राणा सामन्ती जमिन्दारहरुले किसानहरुलाई  रे बोलाउने चलनलाई अन्त गर्दै जी बोलाउने लडाई लडनु भयो । वाहाले समाजिक परिवर्तनको आन्दोलन गर्नु भयो, जातिये बिभेदको आन्दोलन चलाउनु भयो ,समाजिक रुपान्तर ,धर्म जाती र सांस्कृती को नाममा मान्छे मान्छे मान्छे माथी को शोषण बिरुद्ध आन्दोलन चलाई किसानलाई जागरुक बनायेका थिये ।

माओवादी केन्द्रको  स्थानिये नेता सुरेन्द्र यादवको को अध्यक्षतामा भएको  यश स्मृती सभालाई  निन्म वक्ताहरुले आफ्नो बिचार मार्फत नेता हरिहरर यादवले समाजलाई दियेको योगदानको  बारेमा   बताएका थिये ।

वक्ताको क्रममा विशिष्ट अतिथी  माओवादी केन्द्रिय नेता प्रहलाद बुढाथोकी मधेश प्रदेशको पुर्ब गृह मन्त्री भरत साह  , भाषा आयोग्य के अध्यक्ष डा.गोपाल ठाकुर  ,  मओवादी केन्द्र को केन्द्रिय सदस्य  अलिल श्रेष्ट , एमालेको महानरायण  प्रसाद यादव,नेपाली काग्रेसका  रामबिलास यादव, रामएकवाल प्रसाद यादव , जनमत पार्टी को  सिताराम नेपाली  , मओवादी नेता श्यामकिशोर यादव,  भोजेन्द्र प्रसाद यादव लगायेतका रहेका छन ।

यश अवसर मा भाषा आयोग को अध्यक्ष डा.गोपाल ठाकुरले जन कवि हरिहर यादवले बनायेका गित र आफुले यादवको यादमा  बनायेका गीतहरु प्रस्तुत गर्नु भएको  थियो  

यसै क्रममा गायक बच्चा प्रसाद यादवले जन कवि  हरिहर यादवको यादमा  सास्कृती प्रोग्राम दियेका थिये ।

जनमत पार्टी को  बारा जिल्ला अध्यक्ष रामबाबु श्राप ले स्वागत गर्नु भएको यो स्मृति सभाको सन्चालन नेकपा एमाले रामेश्वर यादवले गर्नु भएको  थियो ।

नेकपा मओवादी कचोर्वाको आयोजना तथा नेकपा एमाले , नेपाली काग्रेस र जनमत पार्टी को सहयोगमा भएको यो कार्यक्रम मा स्व. नेता हरिहर यादवको किसान आन्दोलनमा साथ दियेका तीन जना लाई दोशाला ओढाई सम्मान गरियेका थिये 

Post a Comment

Previous Post Next Post